साताको साहित्य
कुशल गाउँले
गजल
लिपिस्टिक पाउडरमा लगानी रहुनजेल
तिमी सुन्दरी देखिन्छौ जवानी रहुनजेल॥
छोरा भाडाकुटी खेलेरै दिन बिताउछ
जवानी नआउनजेल नानी रहुन्जेल॥
उस्ले त सनसारलाई पनि बिर्सि रहन्छ
टेलिफोनमा उनिसंग कुराकानी रहुनजेल॥
सुरु र अन्तीम पल्टलाई प्यास मेटिदिए
चामलहरुले भाडामा चौलानी रहुनजेल॥
बरु त अन्न,नुन,तेल,दाउरा, सकियोस
बाच्ने छु छेउछाउमा पानी रहुनजेल॥
म बिश्वको भ्रमण धेरै पल्ट गरिरहने छु
सिरमा राहधानी माथि सिरानी रहुनजेल॥
गजल २
धेरै भेटे पछी बोल्नलाई कर लाग्न सक्छ
र दुश्मनलाई दुश्मनकै भर लाग्न सक्छ॥
भो अब देखि तिमीले श्रिङ्गार नगरी आउनु
मेरो सिवाय त्यो ऐनाको नजर लाग्न सक्छ॥
ए सरकार तिमीले थोरै राहात पठाई देऊ
गरिबको झुपडीमा पनि खर लाग्न सक्छ॥
म सराबी हु छेउमा सराबको बोतल नराख
मलाई देख्दा सराबलाई डर लाग्न सक्छ॥
भो कसैले मेरो गजल यमलोकमा नसुनाउनु
यमराजलाई मलाई भेट्न रहर लाग्न सक्छ॥