डीपीएल : पहिलो खेल वर्षाले रद्द, महेन्द्रनगर र काठमाडौँले अंक बाँडे

सहयात्रा टिभी

धनगढी । चैत्र २५, धनगढी प्रिमियर लिग अन्तर्गत आइतवारको पहिलो खेल वर्षाका कारण रद्द भएको छ ।

महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्सबीच हुने भनिएको खेल रद्द भए पछि दुवै टोलीले १-१ अंक बाँडेका छन्। अंक बाँडेपछि काठमाडैले ५ खेलबाट ९ अंक जोडेको छ भने महेन्द्रनगर युनाइटेडको अंक ६ भएको छ । आज दोश्रो खेल विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच खेल हुनेछ।

प्रकाशित : 8 April, 2018

प्रतिक्रिया दिनुहोस्