आइपीएल सुनिल नारिनको आक्रमक ब्याटिङ्सँगै कोलकताको बैंगलोरमाथि जीत

सहयात्रा टिभी

चैत्र–२६, इन्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गरेको छ।


आइतबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन जोड्यो। बैंग्लोरका लागि ब्रेन्डन म्याकुलमले ४३, विराट कोहलीले ३१, एबिडि भिलियर्सले ४४ र मन्दिप सिंहले ३७ रनको योगदान गरे । १७७ रनको लक्ष्य पछ्याएको कोलकता नाइट राइडर्सले १८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। कोलकत्ताका नारिनले १९ बलमा ५० रन , नितिश रानाले ३४ रन,कप्तान दिनेश कार्तिकले २९ बलमा नटआउट ३५ रन बनाए।

प्रकाशित : 9 April, 2018

प्रतिक्रिया दिनुहोस्