बिदा कटौतीको बिरोधमा जनजाति महासंघ आन्दोलनमा उत्रँदै

काठमाण्डौँ । चैत्र २६, आदिवासी जनजाति महासंघले सरकारलाई विदा कटौतीको माग सच्याउन माग गरेको छ । ठुलो संघर्ष पश्चात उपलब्धीको रुपमा पाएको आफ्नो सांस्कृतिक पर्वमा हुने बिदा कटौती भए पश्चात महासंघले दबावमुलक आन्दोलनमा जाने घोषणा गरेको हो ।
महासंघले अघि सारेको दवावमुलक कार्यक्रम अन्तर्गत चैत्र २७ गतेदेखि बैशाख ३ गतेसम्म प्रधानमन्त्री तथा सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने, देशभर विरोध, प्रर्दशन, धर्ना दिने लगायत छन् ।