केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाण्डौँमा अवैध गाँजा सहित दुइ जना पक्राऊ

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र २६, प्रहरीले काठमाडौँ महानगरपालिका–७ बाट अवैध गाजा सहित २ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले आइतबार रामेछापका २२ बर्षीय मिलन सुनुवार र सोलुखुम्वुका २४ बर्षीय मुगाधन राईलाई उनीहरु डेरा गरी बसेको काठमाडौँ महानगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट अवैध २ किलो गाँजा बरामत गरेको छ ।

प्रकाशित : 9 April, 2018

प्रतिक्रिया दिनुहोस्