केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जिल्लास्तरका २ दर्जन सरकारी कार्यालय खारेज

सहयात्रा टिभी


काठमाण्डौँ  । चैत्र–२८, जिल्लास्तरका दुई दर्जन सरकारी कार्यालयहरु आजबाट खारेज हुने भएको ।

खारेज भएका सरकारी कार्यालयहरुका चलअचल सबै सम्पत्ति आज देखी स्थानीय तह मातहत आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रुद्रसिंह तामाङका अनुसार खारेजीमा परेका कार्यालयहरुको चलअचल सम्पत्ति जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा गठित समितिमार्फत हस्तान्तरण हुनेछ ।

खारेजीमा परेका जिल्ला सरकारी कार्यालयहरुमा कृषि, डिभिजन सहकारी, खानेपानी, वन, सिंचाइ, भूसंरक्षण, जनस्वास्थ्य, महिला विकास लगायत छन् ।
यस्तै सेवाग्राहीको अत्यधिक चाप हुने मालपोत, नापी, भूमिसुधार कार्यालय पनि खारेज भएका छन् ।

प्रकाशित : 11 April, 2018

प्रतिक्रिया दिनुहोस्