स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौथो राष्ट्रिय सम्मेलन काठमाडौंमा
सहयात्रा टिभी
काठमाण्डौं । चैत्र–२८, स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौथो राष्ट्रिय सम्मेलन बुधबार काठमाडौंमा सुरु भएको छ ।
स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा ‘नेपालको स्वास्थ्य क्षेत्रमा भएका परिवर्तनका प्रमाणहरु’ भन्ने नारासहित सम्मेलन सुरु भएको हो ।
सम्मेलन विहिवारसम्म चल्नेछ ।
गरिबी, मानसिक रोग, पोषण, जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको असर, नसर्ने रोगलगायतका क्षेत्रमा गरिएका अनुसन्धानहरुबारे सम्मेलनमा छलफल हुनेछ ।
सम्मेलनमा विश्व स्वास्थ्य संगठनका नेपालका लागि प्रतिनिधि जोस भ्याडिलरले दीगो स्वास्थ्य प्रणाली विस्तार गर्न अनुसन्धानलाई बढाउँदै थप लगानी गर्नुपर्ने उल्लेख गरे ।
सम्मेलनमा ६५ ओटा अनुसन्धानपत्रहरु पेस गरिनेछ भने एक हजारभन्दा बढी स्वास्थ्य तथा जनसख्या वैज्ञानिकको सहभागिता रहेको छ ।