चट्याङ्ग लागेर दुई बालकको मृत्यु

डोटी । चैत्र २८, डोटीको जोरायल गाउँपालिका-२ डाँडाखालीमा आज चट्याङ्मा परि २ जनाको मृत्यु भएको छ ।
चट्याङ्मा परि मृत्यु हुनेहरुमा १२ वर्षीय ओमप्रकाश भण्डारी र ९ वर्षीय भुवन भण्डारी रहेका छन् । दिउँसोको समयमा खेलीरहेका बेला परेको चट्याङ्गले दुवैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।