२०१८ को मिस नेपाल भइन् श्रृङ्खला खतिवडा
काठमाण्डौं । चैत्र–२९, यस बर्षको मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडा ले पाएकी छिन् । बुधबार राति सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले मिस नेपालको ताज पहिरन सफल भएकी हुन् ।
प्रमुख निर्णायक गोविन्द गजुरेलले सात फाइनल प्रतियोगीलाई ‘सम्वृद नेपाल, सुखी नेपाली हुनाका लागि ३ महत्वपुर्ण काम के गर्नु पर्ला ?’ भन्ने प्रश्न सोधेका थिए। सोको उत्कृष्ट जवाफ दिएर श्रृंखलाले ‘मिस नेपाल २०१८’को उपाधि पाउन सफल भएकी हुन्।
खतिवडाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।
यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितिन्। ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देल र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितिन्। उपाधिसँगै उनीहरूले १ लाख नगद पुरस्कार हासिल गरेका छन्।
काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल’मा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।