भारत तस्करी गर्न लागिएको ५ करोड भारु काठमाडौंमा बरामद
सहयात्रा टिभी
काठमाण्डौँ । चैत्र २९, महानगरीय प्रहरी परिसरले करिब ५ करोड रुपैयाँ नक्कली भारतीय रुपैयाँ बरामद गरेको छ। उक्त रकम तेस्रो मुलुकबाट नेपालहुँदै भारत तस्करी गर्न लागिएको अनुमान गरिएको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा नक्कली नोटसहित केही व्यक्ति पक्राउ गरेको बताइएको छ। भारतले १७ महिना अघि कालो धन हटाउन नोट बन्दी गरेको थियो ।
घटनाबारे प्रहरीले केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी गराउँदैछ।