च्याम्पियन्स लिगमा मर्डिडको नाटकीय पुनरागमन

सहयात्रा टिभी

चैत्र २९, स्पेनिस महारथी रियल मड्रिड च्याम्पियन्स लिगमा नाटकीय रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा क्रिस्टियानो रोनाल्डोले इन्जुरी टाइममा पेनाल्टीमार्फत गोल गरेपछि क्वाटरफाइनलको दोस्रो लेगमा पराजित भएर पनि सेमिफाइनलमा पुगेको छ । दोस्रो लेगमा रियल मड्रिड युभेन्टससँग ३-१ ले पराजित भएता पनि ९७ औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलसँगै रियल समग्रमा ४-३ को जितका साथ मर्डिस सेमी फाइनलमा पुगेको हो ।

९० मिनेटसम्मा ३-० गोलले पछि रहेको रियलले इन्जुरी टाइमको सातौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे पछि युभेन्टसको अग्रता ३-१ मा रहन गयो । बेर्नाबाउमा भएको खेलमा युभेन्टसका लागि मारियो मान्जुकिजले दोश्रो मिनेट र ३७ औँ मिनेटमा गोल गरेका थिए भने ६० औं मिनेटमा माटुइडीले गोल गरेका थिए ।

प्रकाशित : 12 April, 2018

प्रतिक्रिया दिनुहोस्