बुलिङ्टारमा जीप दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

सहयात्रा टिभी

नवलपरासी । चैत्र -२९, नवलपरासीको बुलिङ्टारमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जीप बिहान बुलिगंटारमा सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि तनहुँ रिसिङ गाउँपालिका–५ का ५० बर्षिय भिमबहदुर मुग्मीको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ८ जना गम्भीर घाईते भएका छन् ।
दुर्घटनामा परेकाहरुको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 12 April, 2018

प्रतिक्रिया दिनुहोस्