हस्पिटलको तेश्रो तलाबाट हामफालेका युवराज गुरुङको मृत्यु
सहयात्रा टिभी
पोखरा । चैत्र–३०, पोखराको चरक मेमोरियल हस्पिटलबाट हामफालेका युवराज गुरुङको मृत्यू भएको छ । चरकको तेश्रो तलाबाट हामफाल्दा गम्भीर घाईते भएका लमजुङ घर भई पोखरा ११ फुलबारी बस्ने गुरुङको गएराती उपचारको क्रममा मनिपाल शिक्षण अस्पतालमा मृत्यू भएको प्रहरीले जनाएको छ ।
विहीबार चरक हस्पिटलको तेस्रो तल्लाबाट शिसाको झ्याल फोडेर उनले हामफालेका थिए ।
गुरुङको टाउकोमा गम्भीर चोट लागेको थियो ।
पोखरामा ब्यबसाय गर्दै आएका गुरुङ डिप्रेसनमा परेर औषधी सेवन गर्दै आएको र ओभर डोज खाएपछि अस्पतालमा भर्ना भएको प्रहरी श्रोतले बताएको छ ।