केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वडाध्यक्षलाई कुटपिट गर्ने एक युवा पक्राउ

सहयात्रा टिभी


तेह्रथुम । चैत्र– ३०, तेह्रथुमको फेदाप गाउँपालिका–५, ईसिबुका वडाध्यक्ष टेकबहादुर घिसिङलाई कुटपिट गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयमा काम गरिरहेका बेला घिसिङलाई मंगलबार स्थानीय गणेश तामाङले हातपात गरेका थिए ।

वडाअध्यक्ष घिसिङलाई कुटपिट गर्ने युवालाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छ ।
मादक पदार्थ सेवन गरी कार्यालयमा होहल्ला गर्दै आएका तामाङलाई हल्ला नगर्न अनुरोध गरेपछि हातपात गरेको घिसिङले बताएको छन । कार्यालय समयमा हातपात गर्ने , युवालाई कानूनी कारबाही गर्नुपर्ने घिसिङको माग छ ।

प्रकाशित : 13 April, 2018

प्रतिक्रिया दिनुहोस्