केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश १ को सरकारले ‘मेरो वर्ष २०७५’ घोषणा गर्ने

सहयात्रा टिभी

विराटनगर । चैत्र ३०, प्रदेश नम्बर १ को सरकारले स्वास्थ्य प्रवद्र्धनका लागि ‘मेरो वर्ष २०७५’ कार्यक्रम ल्याउने भएको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रदेश सरकारले ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ कार्यक्रम ल्याउन लागेको होे ।


अभियानको शुरुवात २०७५ वैशाख १ गतेबाट योग शिविर सञ्चालन गरेर शुरु हुने छ ।
योग शिविरको शुरुवात प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले गर्ने छन् भने सामाजिक विकास मन्त्री जीवन घिमिरेले वातावरणीय सरसफाइ अभियानको र प्रदेश नं १ प्रदेशका मुख्यमन्त्री शेरधन राईले मेरो वर्ष अभियानको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : 13 April, 2018

प्रतिक्रिया दिनुहोस्