केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल टेलिकमको ‘नयाँ वर्ष अफर २०७५’

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र -३०, नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा विभिन्न अफरहरु ल्याएको छ । आज प्रेश विज्ञप्ती मार्फत टेलिकमले विभिन्न अफरहरुको घोषणा गर्दै नयाँ वर्ष अफर २०७५ (New Year offer 2075) उपलब्ध गराउने भएको हो । उक्त अफर २०७५ बैशाख ०१ देखि आगामी २०७५ बैशाख १५ गते सम्म लागु हुने छ ।

१. ह्याप्पी विकेन्ड (Happy Weekend) प्याक
जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।
२. अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक
जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन
पाइने छ । डाटा खरिद गरेको एक दिन सम्म यसको अवधि हुनेछ । १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा चल्ने छ ।
३. एडीएसएल भोलुम बेस्ड (ADSL Volum based)  प्याकेज
नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल भोलुम वेस्ड प्याकेज अन्तर्गत २ सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३ सय रुपैयाँमा २५
जीबी डाटा र ४ सय रुपैयाँमा ४० जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

प्रकाशित : 13 April, 2018

प्रतिक्रिया दिनुहोस्