नयाँ बसपार्कस्थित गेष्ट हाउसमा युवती हत्यामा संलग्न युवक पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–२, नयाँ बसपार्कको होटलमा युवतीको हत्या गर्ने एक युवक प्रहरीले भारतबाट पक्राउ गरिएको छ ।
युवतीको हत्या गर्ने सल्यानको गोपाल शर्मालाई प्रहरीले भारतमा पक्राउ गरेको हो।युवतीको घाँटी थिचेर मारेपछी नेपाल भारत सिमानामा लुकीछिपी बस्दै आएका शर्मालाई महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई नेपाल–भारत सिमानाबाट नियन्त्रणमा लिएको बताईएको छ ।

चैत्र २३, गते नयाँ बसपार्कको न्यू भुमेश्वर गेष्ट हाउसमा एक युवती मृत आवस्थामा फेला परेपछि घट्नाको प्रहरीले अनुसन्धान शुरु गरेको थियो । हात, खुट्टा र घाँटी बाँधिएको अवस्थामा उनको शव फेला परेको थियो।मृतक चितवन सौराहाकी रिहा अधिकारी भएको खुलेको छ।आपसी विवादमा शर्माले हत्या गरेको प्रहरीले जनाएको छ। विहान गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा कोठाभित्र युवती मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

प्रकाशित : 15 April, 2018

प्रतिक्रिया दिनुहोस्