इलामको चुलाचुली गाउँपालिका भवनमा बम बिस्फोट

सहयात्रा टिभी

इलाम । वैशाख -२, इलामको दक्षिणी भेगमा पर्ने चुलाचुली गाउँपालिकाको भवनमा अज्ञात समूहले बम विस्फोट गराएका छन् । शनिबार राति ८:३० मा भएको विस्फोट बाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको स्थानियबासीले बताएका छन् ।

सभाहलको आठ वटा झ्यालका सिसा फुटेको तथा आल्मुनियमको सिलिङ पूर्णरुपमा क्षति पुगेको बताइएको छ। घटनास्थलमा हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विस्फोट गराइएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले विस्फोट कसले र किन गरायो भन्ने बारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : 15 April, 2018

प्रतिक्रिया दिनुहोस्