विश्व इतिहासमा सवैभन्दा लामो “लंगेष्ट टेलिभिजन म्याराथुन टक शो” रमाइलो टेलिभिजनमा प्रसारण हुदै

काठमाण्डौँ । बैशाख २, विश्व इतिहासमा नयाँ किर्तिमान राख्ने उद्देश्यले विश्व ईतिहासकै सवैभन्दा लामो “लंगेष्ट टेलिभिजन म्याराथुन टक शो” सञ्चालन हुने भएको छ । रमाइलो टेलिभिजनमार्फत देशको नामलाई उच्च बनाउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन हुन लागेको हो। “लंगेष्ट टेलिभिजन म्याराथुन टक शो” यही बैशाख २९ गतेबाट शुरु हुनेछ भने उक्त शो विश्वकै कान्छा पत्रकार सुजन आचर्यले सञ्चालन गर्ने भएका छन् ।
रमाइलो टेलिभिजनमा निरन्तर प्रत्यक्ष प्रसारणमार्फत शो कार्यक्रम सम्पन्न गरिने भएको छ । सगरमाथाको देश, बुद्ध जन्मिएको भूमि र सीता भृकुटीेको देश भनेर नेपालको नाम विश्वमा चिनाउने उद्धेश्यले सो कार्यक्रम गरिन लागिएको हो ।