केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाण्डौँमा विरोध प्रदर्शनका लगि तोकियो निश्चित ठाउँ, माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाइने

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख-२, जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा निषेधित क्षेत्रहरुको संख्या बढाएको छ । यस निर्णय अन्तर्गत काठमाण्डौँ जिल्लाका जिल्लाका ६ ठाउँदेखी बाहेक अन्य ठाउमा आन्दोलन तथा विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको हो ।

सडकमा असर नपर्ने गरी ७ ठाउँलाई बिरोध प्रदर्शन तथा सार्वजनिक कार्यक्रमका लागि भनेर तोकिएको छ। काठमाडौंको खुलामञ्च, तीनकुनेको खुल्ला चौर, भगवानपाउको भुईंखेलचौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाज कल्याण परिषद अगाडिको खुला स्थान र गौशालाको सिफलचौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने भएको छ ।

 

प्रकाशित : 15 April, 2018

प्रतिक्रिया दिनुहोस्