एमाले र माओवादी पार्टीबीच एकताबारे भेटवार्ता
काठमाण्डौं । बैशाख–३,पार्टी एकताको विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच आज सोमबार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बलुवाटार मा भेटवार्ता हुन लागेको हो ।
प्रचण्ड आराम गर्न भन्दै सुकुटेस्थित रिसोर्टमा गएपछि आइतबार बिहान एमाले र माओवादीबिच वार्ता हुन नसकेको हो । एमाले र माओवादीबीच आउँदो ९ गते पार्टी एकताको घोषणा गर्ने भनिए पनि दुवै दलका नेताबीच पछिल्ला ९ दिनमा यसबारे कुनै पनि छलफल भएको छैन ।
नेतृत्वस्तरमा छलफल नै हुन नसकेपछि पार्टी एकता अन्योलमा परेको छ ।पछिल्लो समय माओवादी केन्द्रले केन्द्रीय समितिमा बराबरी हैसियत नभएसम्म पार्टी एकता नगर्ने माओवादी अध्यक्षले बताएका छन ।
केन्द्रीय समितिमा कति–कति जना नेता रहने, नयाँ दलको चुनाव चिन्ह के राख्ने, जनयुद्ध शब्द उल्लेख गर्ने कि नगर्ने लगायत विषयमा दुई दलविच कुरा मिलेको छैन ।