अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशनमा सिरिया आक्रमण नभएको बेलायती प्रधानमन्त्री टरिजा मे को स्पष्टीकरण

काठमाडौँ । बैशाख ४, बेलायती प्रधानमन्त्री टरिजा मे ले आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा सिरियामाथि आक्रमण नगरेको बताएकी छन् । सोमबार संसदमा विपक्षी दलका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री मे देशको संसदप्रति उत्तरदायी भएको भनि प्रतिक्रिया दिएपछि मे ले यस्तो प्रतिक्रिया दिएकी हुन् । कोर्बिनले संसदमा यो विषय नल्याई सिरियामाथि आक्रमण गरेकोमा मेको चर्को आलोचना गरेका थिए ।
उनले सिरियामा बम बर्साउने कार्यको वैधानिकतामाथि पनि प्रश्न उठाए। रासायनिक हतियार प्रयोगको विरोध गर्दै कोर्बिनले यमानमाथि प्रतिबन्धित क्लस्टर बम वर्षा गर्ने तथा ह्वाइटफस्फोरस प्रयोग गर्ने साउदी अरबमाथि आक्रमण गर्ने अधिकार अरु राष्ट्रलाई हुन्छ कि हुँदैन भनेर समेत प्रश्न गरे।
‘साउदी अरबको बम बर्साउने अभियानप्रतिको समर्थन र उसलाई हतियार बेच्ने कार्य रोक्ने प्रतिबद्धता प्रधानमन्त्रीले आज गर्नुहुन्छ?’ कोर्बिनले सोधेका थिए । ‘राष्ट्रपति ट्रम्पले भनेकोले हामीले यो काम गरेका हैनौँ,’ मे ले भनिन् । एजेन्सी