केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्व बैंकको प्रक्षेपण: यो वर्षको आर्थिक बृद्दि ४.६ प्रतिशत

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–४, विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर घटेर ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । नेपाल सरकारले बजेटमार्फत यस वर्ष ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गर्दै गरेकोमा विश्व वैङ्कले ४.६ प्रतिशत बृद्धिदर प्रक्षेपण गर्दै आगामी दुई वर्ष नेपालको आर्थिक वृद्धिदर अझै घट्ने बताएको हो ।

गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर साढे ७ प्रतिशत भएको मा तराईमा गएको बाढी,घट्दो रेमिटेन्स र कर्जाको उच्च व्याजदरले वृद्धिदरको कारणले आर्थिक वृद्धिमा कमी आउने विश्व वैङ्कको प्रक्षेपण रहेको छ । एशियाली विकास ब्यांक (एडीबी)ले यसअघि नै आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने थियो ।

प्रकाशित : 17 April, 2018

प्रतिक्रिया दिनुहोस्