नेपाल इन्सुरेन्सको हकप्रद सेयर जारी

काठमाण्डौ । बैशाख–५ नेपाल इन्सुरेन्सले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैशाख ५ गतेबाट सुरु भएको सेयर बिक्रीमा चैत २२ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्ने छन । आवेदन जेष्ठ आठ गते सम्म दिन सकिनेछ ।
सेयर १०० रुपैयाँ अंकित दरको ३० लाख १९ हजार ८८६.१० कित्ता बिक्री खुल्ला भएको हो । यस हकप्रदका लागि बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट र शाखा कार्यालयहरु लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, विरगंज र विराटनगरबाट तथा नेपाल इन्सुरेन्सको रजिष्टर्ड कार्यालय कमलादी र त्यसका शाखा कार्यालयहरुबाट साथै, सि-आस्वामा सहभागी बैंक तथा वित्तिय संस्थाबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिने छ ।