पार्टी एकताबीच प्रचण्डको ओलीसंग गम्भिर वार्ता गर्ने निर्णय

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–७,माओवादी केन्द्रका अध्यक्षले एमालेसंगको पार्टी एकतामा पछि नपर्ने जानकारी दिए । पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रधानमन्त्री एमाले केपी ओलीसंग गम्भिर वार्ता गर्ने बताए ।


उनले आफ्नै निवासमा केही निकटस्थ व्यक्तिहरुसँग भेटेर सो कुरा बताएका हुन । उनले पार्टी एकता बैशाख ९ गते हुने भनिएता पनि सो कुरा टरिसकेको बताए । एमाले माओवादी बीच चुनाव चिह्न के राख्ने, विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने र केन्द्रीय समितिमा दुवै पार्टीका कति–कति सदस्य हुन सक्ने भन्ने विषयमा सहमत हुन सकेको छैन ।

प्रकाशित : 20 April, 2018

प्रतिक्रिया दिनुहोस्