काठमाण्डौँ । बैशाख– ७, दिपक मनाङेलाई फैसला कार्यान्वयन पक्रियाका लागि अदालत पेस गरिएको छ । बिहिबार पक्राउ परेका दीपक मनाङेलाई आज जेल चलन गरिने भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका मनाङेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। अदालतमा संलग्न मिसिल अनुसार उनले सुरुमा काठमाडौँ जिल्ला अदालतको आदेशपछि दुई वर्षभन्दा बढी कैद भुक्तान गरिसकेका छन्।