‘सिण्डिकेट’ अन्त्य गर्ने निर्णयमा सरकार पछि हट्दैन : गृहमन्त्री थापा
सहयात्रा टिभी
काठमाडौं । वैशाख ८, गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक यातायात क्षेत्रको ‘सिण्डिकेट’ अन्त्य गर्ने सरकारको निर्णयमा पुनर्विचार नहुने बताउनु भएको छ । गृहमन्त्रालयमा नेपाल यातायात व्यवसायी महासंघका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै उहाँले आन्दोलन छोडेर सरकारको निर्णयमा सहयोग गर्न व्यवसायीलाई आग्रह गर्दै सरकार यस विषयमा पछि नहट्ने स्पष्ट पार्नुभएको हो ।
गएको वैशाख ४ गतेको मन्त्रिपरिषद् बैठकले अहिले जिल्ला प्रशासन कार्यालयमार्फत यातायात व्यवसायी समितिलाई संस्थाका रुपमा दर्ता गरिँदै आएकोमा अब दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको थियो । अब यातायात समितिले कम्पनीका रुपमा दर्ता गर्नुपर्ने नयां नियम लागू भएको छ ।