केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सबै भन्दा पाको उमेरकी ताजिमीको एक सय १७ बर्षको उमेरमा मृत्यु

सहयात्रा टिभी

बैशाख –९, जापानी महिला नबी ताजिमीको एक सय १७ बर्षको उमेरमा हिजो राति मृत्यु भएको छ । उनि संसारको सबै भन्दा पाको उमेरकी महिला थिइन ।

उनको उपचारको क्रममा शनिबार राति आठ बजेतिर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । करिब सात महिनाअघि जमैकाका वायलेट ब्राउनको निधन भएपछि नबीलाई संसारकै जेठो व्यक्तिको पगरी दिइएको थियो।

वायलेटको निधन पनि एक सय १७ वर्षको उमेरमा भएको थियो। उनको घर दक्षिणी जापानको क्युशूमा कागोशिमा प्रान्तमा पर्दछ ।

प्रकाशित : 22 April, 2018

प्रतिक्रिया दिनुहोस्