सार्कलाई गतिशील बनाउन नेपालका संसदको भूमिका महत्वपूर्ण : महरा

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख –९, सभामुख कृष्ण बहादुर महराले सार्कलाई गतिशील बनाउन नेपालका संसदहरुको भूमिका रचनात्मक रहने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसदले सार्कका गतिविधिलाई समेटेर तयार पारेको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख महराले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन । उनले प्रतिनिधिसभा नियमावली र राष्ट्रियसभा नियमावली पारित भएपछि संसदले समितिहरुमार्फत् अन्तर्राष्ट्रिय संघ, सस्थाहरुको गतिविधिका साथै सार्कको कार्य प्रभावकारी बनाउन आवश्यक पहल गर्ने पनि बताएका छन् ।

सार्कको कार्यलाई गतिशील बनाउन‘ रिजनल कन्फरेन्स अफ सार्क इफेक्टिभनेश’ नामक पुस्तकनै प्रकाशन गरिएको कुरा समेत महराले प्रष्ट पारे ।

प्रकाशित : 22 April, 2018

प्रतिक्रिया दिनुहोस्