इलाममा जडीबुटी प्रशोधन उद्योगको स्थापना
सहयात्रा टिभी
इलाम । बैशाख–१०,इलाममा युवा व्यवसायी नित्यानन्द दाहालले व्याक्तिगत लगानिमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरेका छन्।
उनले इलामको माईजोगमाई गाउँपालिकामा जडीबुटी प्रशोधन उद्योग खोलेको हो । दाहालले १६ लाख रुपैयाँको लगानीमा ओसोनिक जुडीबुटी प्रशोधन उद्योग आफैले खोलेका हुन।
उनले वनमा खेर गएरहेको धुपी, धसींगरेबाहेक मेन्या क्यामोमाइलजस्ता सुगन्धित जडीबुटीको प्रशोधन जस्ता जडीबुटीले बाथको रोग , ढाड दुख्ने आदि र मेन्थाको तेलले दाँत दुख्ने, मुख र पेटको समस्या उपयोगी हुने उनले बताए ।