घुससहित वाणीज्य बैंकका सहायक प्रबन्धक पक्राउ
सहयात्रा टिभी
काठमाण्डौं । बैशाख–१०, राष्ट्रिय वाणीज्य बैंक बर्दिवासका सहायक प्रबन्धक जगदिशप्रसाद काफ्ले ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार काफ्लेलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
उनले बर्दिवास –९ को रञ्जना गाई फर्मलाई युवा स्वरोजगार कार्यक्रम मार्फत १० लाख ऋण दिने भनि सो रकमको ५ प्रतिशत घुस मागेको अख्तियारले जनाएको छ ।
बैंकका सेवाग्राहिहरुको खाताबाट नक्कली चेक बनाइ विभिन्न साखाबाट ४० लाख रकम झिकेको आरोपमा यसअघि पनि काफ्ले पक्राउ परिसकेका थिए । बैंकिङ कसुरको आरोपमा जगदिश सहित बैंकका अन्य कर्मचारीहरु माथिको मुद्दा जिल्ला अदालत महोत्तरी पुगेको अख्तियारले जनाएको छ ।