बार्सिलोना उपाधिबाट १ अंक टाढा एट्लेटिको बराबरीमा
सहयात्रा टिभी
बैशाख–१०,म्याड्रिडलाई रियल बेटिसले गोलरहित बराबरीमा रोकेको छ। ला लिगाको दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड फेरि बराबरीमा रोकिएको हो ।
एट्लेटिको बराबरीमा रोकिएसँगै शीर्ष स्थानको बार्सिलोना उपाधि नजिक पुगेको थियो । बेटिस विरुद्धको खेलमा प्रशिक्षक डिएगो सिमोन्सले पहिलो टिममा ७ खेलाडीलाई आराम गर्न दिएको हो ।
ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले ३३ खेलबाट ८३ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिकोको ३४ खेलबाट ७२ अंक भएको छ ।