रेलवे र सुरुङ इन्जिनियरिङ अध्ययनका लागि १२ नेपाली चीन जाँदै
सहयात्रा टिभी
काठमाण्डौं । बैशाख–१०, रेलवे र सुरुङ इन्जिनियरिङ अध्ययनका लागी चीन सरकारले नेपाली नागरिकलाई कोटा उपलब्ध गराएको छ ।
भारत र चीन जोड्ने गरी रेलमार्ग निर्माण गर्ने चर्चा चलिरहेको बेला चीनले नेपाली नागरिकलाई इन्जिनियरिङ अध्ययनका लागि कोटा उपलब्ध गराएको हो ।
उक्त कोटा अन्तर्गत ६ स्थान महिलाका लागी, जनजाति र मधेसीको लागी एक एक स्थान र बाँकी कोटा खुल्ला रहेका छन् ।
नेपालमा रेलवे इन्जिनियरिङ अध्ययन नहुने हुँदा यो अवसर नेपालीका लागी महत्वपूर्ण रहेको छ ।