युएस बंगला विमान दुर्घटनाको आरोप नेपालको एटिसि माथि सहयात्रा टिभी काठमाण्डौं । बैशाख–१०, फाल्गुन २८ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनाको आरोप एयरलाइन्स कम्पनीले नेपालको एटिसिलाइ लगाएको छ । आइतबार बंगलादेश एयरलाइन्सले बगंलादेशमा पत्रकार सम्मेलन गर्दै दुर्घटनामा नेपालको एयर ट्राफिक कन्ट्रोलरको लापरवाहि रहेको दावी गरेको हो ।नेपालको कुनै गल्ति नभएको भए एटिसिका ६ कर्मचारीलाई अर्को विभागमा सरुवा गर्नु आवश्यक नभएको युएस–बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान आशिफले पत्रकार सम्मेलनमा उल्लेख गरेका थिए । प्रकाशित : 23 April, 2018