केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रिसोर्ट खोल्न र सिसा उद्योगको स्थापनाका लागि अध्ययन गर्दै

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–११,सिसा उद्योग स्थापना गर्नका लागि संभाव्यता अध्ययन गर्न लागेको छ । लगानी बोर्डले देशमा नै सिसा उद्योग स्थापना गर्नलागेको हो ।

आगामी बोर्ड बैठकमा परामर्शदाता कम्पनी छनौट गर्नका लागि कार्यादेश र एक्सप्रेसन अफ इन्ट्रेस्ट पेश गर्न लागेको छ । बोर्डले अनुमति दिने बित्तिकै यसका लागि कम्पनी छनौट गरिने बोर्डका प्रवक्ता उत्तम भक्त वाग्लेले बताएका छन । 

देशमा ठाउको नदि भु–भागमा अध्ययन गरि सिसा उद्योग स्थापना गर्न सकिन्छ कि सकिन्न भन्ने विषयमा कम्पनिले अध्ययन गर्नेछ । अहिले यस विषयमा प्रधानमन्त्री केपी ओलीको व्यस्तताका कारण बैठक बस्न सकेको छैन ।

वाग्लेका अनुसार लगानी बोर्डले हिमाली क्षेत्रमा बनाइने इस्कि रिसोर्टको समेत अध्ययन गर्न लागेको छ । यसको संभाव्यता अध्ययनका लागि करिब एक वर्ष लाग्ने वाग्लेले बताएका छन ।

प्रकाशित : 24 April, 2018

प्रतिक्रिया दिनुहोस्