निरुता अनमोलको हिरोईन भन्ने रहर
सहयात्रा टिभी
काठमाण्डौँ । बैशाख–११, अभिनेत्री निरुता सिंह अनमोलकी हिरोइन भएर फिल्म खेल्ने इच्छा गरिकी छिन ।
अनमोलकी हिरोइन भएर फिल्म खेल्ने तर, जोडी सुहाउँदैन कि भन्ने डर उनले मानिकी छिन।जतिबेला निरुता नेपाली चलचित्रमा जमेकी थिइन् अनमोल केसी सानै थिए ।
अहिले अनमोल के.सि सुपरस्टार भएको सुन्दा उनि ज्यादै खुसि भएकी छिन । यतिबेला निरुता नेपालमा आएकी छिन । उनी पाँच वर्षको अन्तरालमा नेपाल आइकी हुन । अनमोल फिल्मी कार्यक्रमहरुमा उतिसारो पुग्दैनन् ।
त्यसैले त्यहाँ उनीहरुको भेट हुन नसक्ने बताइन। भुवन केसीसँग घनिष्ठ सम्वन्धका कारण अनमोललाई उनले निकै प्यारो मान्थिन । उनको नेपाल बसाई धेरै लामो छैन । उनि छिटै फर्कने क्रममा छिन ।


