इन्धन चुहावट रोक्न ट्याङकरमा लकिङ प्रणाली सुरु

सहयात्रा टिभी

बुटवल । बैशाख–११, इन्धन चुहावट नियन्त्रण गर्न नेपाल आयल निगमले इन्धन बोक्ने ट्याङकरमा लकिङ प्रणाली लागु गरेको छ ।रुपन्देहीको भलबारीमा रहेको नेपाल आयल निगम भलबारी डिपोमा कार्यक्रम गरि लकिङ प्रणाली शुभारम्भ गरिएको हो ।

पहिलो चरणमा भारतको सिलिगुडीबाट नेपालमा आउने इन्धन बोक्ने ट्याङकरमा लकिङ प्रणाली लागु गरिएको निगमले बताएको छ । पछिल्लो समयमा धेरै मात्रामा इन्धन हराउने गरेकाले इन्डियन आयल कार्पोरेशन सँगको लामो अध्ययनबाट उक्त निर्णय लिइएको आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

लकिङ प्रणालीमा लक सजिलै खोल्न नसकिने र लक नखोली तेल निकाल्न पनि नसकिने भएकाले आगामि दिनहरुमा इन्धन चोरी तथा चुहावट रोकिन सक्ने निगमले जनाएको छ ।

प्रकाशित : 24 April, 2018

प्रतिक्रिया दिनुहोस्