गुन्डा नाइके रिगल ढकाललाई सर्वस्वसहित जन्मकैदको सजाय
सहयात्रा टिभी
नेपालगञ्ज । बैशाख–१२, तीन वर्ष अघि सुर्खेतमा भएको हत्याको आरोपमा गुन्डा रिगल ढकाललाई सर्वस्वसहित जन्मकैदको सजाय दिइने भएको छ । आज भन्दा तीन वर्ष अघि सुर्खेतका चेतन मानन्धरलाई खुँडा प्रहार गरि मार्ने समुहका नाइके ढकाललाई जिल्ला अदालत बाँकेले सर्वस्वसहित जन्मकैद सुनाएको हो ।
जिल्ला प्रहरी कार्यालयल बाकेँले चेतन हत्या काण्डमा ढकालसहित १५ जनाको नाम जिल्ला अदालतमा पेस गरेको थियो, जसमध्ये ५ जनालाई जन्मकैद, १ जनालाई १० वर्ष, १ जनालाई ५ वर्ष, ७ जनालाई ३/ ३ वर्ष कैदको सजाय र १ जनाले सफाइ पाएको जिल्ला अदालत बाँकेले जनाएको छ ।
२०७२ साल असार २८ गते दिउँसोको समयमा हत्या गरि फरार भएका नाइके ढकालले इन्काउन्टरमा मारिने डरले २०७२ भदौ ७ गते जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेका थिए ।