चर्चमा आक्रमण हुदां १६ को मृत्यु
सहयात्रा टिभी
एजेन्सी । बैशाख–१२, नाइजेरियाको बेन्यु राज्यको एक चर्चमा भएको आक्रमणबाट कम्तिमा १६ जनाको मृत्यु भएको छ ।
विहान ५ बजेतिर फुलानी समुदायका शंकास्पद गोठालाहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुई जना क्याथोलिक पुजारी र अरु पुजामा संलग्न भक्तजनहरु रहेको अधिकारीहरुले बताएका छन् । घटनाका कारण सुरक्षा चुनौती थपिएकाले राज्यका गभर्नरले आफ्नो घरायसी विदा र भ्रमण छोट्याएका छन् ।
उक्त घटनालाई तल्लो स्तर र घटिया कार्य भएको भनि राष्ट्रपति मोहम्मद बुहारीले समेत टिप्पणी गरेका छन् ।