केपी ओली प्रचण्ड माधव नेपाल एमाले


युवा पुस्ताका लोकप्रिय गायक बज्राचार्यको ’’मनमगन’’ (भिडियोसहित)

सहयात्रा टिभी

काठमाडौ । दुई दशकअघि पप गायन र संगीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायक दिपक बज्राचार्यको नयां गीत ’’मनमगन’’ बजारमा आएको छ । नेपाली नया बर्षमा सार्बजनिक गरिएको गीतले करिब २ हप्ताको समयमा युवापुस्ताको आत्यधिक मन जित्न सफल भएको हो । रिक्की शाक्य संगको शब्द र संगीतको सहकार्यमा बनेको गीत ’’मनमगन’’लाइ दिपककै संगीत समूह रिदम ब्याण्डले एरेञ्ज गरेको हो

अहिले गीतलाई सुनेर मात्र होइन, हेरेर पनि मनोरन्जन लिने बेला हो । वास्तवमा गीतसंगीतले नाचगानलाई पनि परिभाषित गर्छ । देशभरी हुने विभिन्न जात्रा तथा पर्वहरुमा बजाइने बाजा र नाच परम्परागत हुन, जसले हाम्रो सांस्कृतिक पहिचान बोकेको छ । दिपकले त्यसैलाई मनन गरेर एउटा कमर्सियल धुन बनाउने जमर्को गरेको बताउछन् ।

झण्डै १५० जना कलाकार तथा नृत्य समूहले परम्परागत तथा आधुनिक शैलीको नृत्यको फ्युजन म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् । ज्येष्ठ नागरिकहरुको आजुगणदेखि अत्याधुनिक हिपहपका साथै सुदुरपश्चिमको तराईमा नाचिने छलिया नाच, पहाडको झ्याउरे, ताम्सलिङ लिम्बुवानको झाँक्री नाच, उपत्यकाको लाखे, भक्तपुरको घिन्ताङ किसी, इन्द्रजात्रामा देखाइने पुलुकिसी र धुनिया घुमाउने अनि उपत्यकाको परम्परागत नाच धिमेनाच लगायतलाई मनमगनको म्युजिक भिडियोमा समेटिएको छ ।

vdo link

प्रकाशित : 26 April, 2018

प्रतिक्रिया दिनुहोस्