प्रहरी कार्यलयमा सर्कुलर जारी भएपछि डिएसपी राउत सम्पर्कमा

काठमाण्डौँ । बैशाख–१३, सरकारले गठन गरेको छानबिन समितिको बयानकै क्रममा सम्पर्कबिहीन भएका डिएसपी सञ्जय राउत सम्पर्कमा आएका छन्।
मंगलबार गृहमन्त्रलयमा ३३ किलो सुन प्रकरणमा अनुसन्धानको क्रममा गायब भएका डिएसपी बुधाबार साँझ समितिको सम्पर्कमा आएका हुन । उनलाई ब्यानको लागि गृहमन्त्रलयमा बुझाइएको प्रहरीले जनाएको छ ।
उनलाई खोज्नको लागि ७७ वटै जिल्लामा प्रदेश प्रहरी कार्यलयमा आन्तरिक सर्कुलर जारी गरेपछि उनि सम्पर्कमा आएको छानविन समितिले जनाएका छन ।उक्त कुरा बाहिर आएपछि राउत आफै सम्पर्कमा आएको स्रोतले बतायो।
मंगलबार राउतसहित प्रहरी उपरीक्षक एसपी विकासराज खनालको समितिले बयान लिएको थियो । इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत राउत भने बयानकै बीच गृहबाट निस्किएका थिए । लगत्तै उनी पनि समितिबाट सम्पर्क बिहिन भएका थिए।