काठमाण्डौँ । बैशाख–१३,दिपक मनाङे राजिव गुरुङले जेलबाटै पुनरावेदन गर्ने तयारी गरेका छन । मनाङबाट प्रत्यक्ष रुपमा विजय भएका मनाङेलाई १२ वर्षअघि चक्रे मिलनको हात छिनाएको आरोपमा उनीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर भएको थियो ।
मनाङे ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलाअनुरुप थुनामा पुगेका मनाङेले उक्त फैसलालाई चुनौति दिँदै सर्वोच्चमा पुनरावेदन गर्ने तयारी गरेका हुन्। कारागार नियमावली अनुसार ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद छुट पाइने प्रावधान छ । हालकै फैसला कायम रहेमा उनले कम्तीमा १५ महिना अझै जेल सजाय भोग्नुपर्ने भएको छ ।