राष्ट्रपतिबाट चिकित्सा शिक्षासहित चार अध्यादेश जारी

सहयात्रा टिभी

राष्ट्रपति विद्यादेवीले भण्डरीले चिकित्सा शिक्षासहित चार अध्यादेश जारी गरेकी छिन् । भण्डारीले बेपत्ता पारिएको व्यक्तिको छानविन र सत्य निरुपणसँगै तथा मेलमिलाप आयोग पहिलो संशोधन राष्ट्रियसभा निर्वाचन र संघीय संसदका महासचिव र सचिवको पारिश्रमिक सम्बन्धी अध्यादेश जारी गरेकी हुन । 

बेपत्ता छानबिन र सत्य निरुपणसँगै चिकित्सा र राष्ट्रियसभा अध्यादेश प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा समेत जारी भएको थियो। सरकारले तीनवटै अध्यादेश संसदमा पेश गरेको थियो। तर, प्रतिस्थापन विधेयक ल्याउनु अघि नै संसद अधिवेशन अन्त्य भएको थियो ।

संघीय संसदको महासचिव र सचिवको पारिश्रमिक सम्बन्धी अध्यादेश भने संसदमा दुई राजनीतिक सचिव नियुक्ति प्रक्रिया अगाडि बढाउन ल्याइएको हो । प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र राष्ट्रियसभाको सचिवमा राजेन्द्र फुयाँल सिफारिस गरेको थियो ।

सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले क्रमश योगी र फुयाँलको नाम सिफारिस गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्तिका लागि आवश्यक कानुन नभएको अवस्थामा दुवैको नियुक्ति अगाडि बढाएकी थिइनन। कानुन बनेसँगै दुवैको सिफारिस कार्यान्वयनमा जाने बाटो खुलेको छ ।

प्रकाशित : 26 April, 2018

प्रतिक्रिया दिनुहोस्