केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म तिमिलाई प्रेम गरिहन्छु…..

सहयात्रा टिभी

चाहे सात समुन्द्र पारी जाउ तिमी

चाहे हरेक मोडमा एक्लै छोड तिमी

तर म तिमिलाई प्रेम गरिरहन्छु,

 

बुझ्दिन म प्राप्तिका अभिलाषाहरु

मान्दिन म पाउनै पर्छ भन्ने रितहरु

बस म तिमिलाई प्रेम गरिहहन्छु,

 

तिम्रा प्रेमका परिधिहरु जान्दिन म

बिना म मण्डप सजाउछौ भने पनि

केही भन्निन म

बस म तिमिलाई प्रेम गरिहहन्छु,

 

आफुलाई कृष्ण ठानी गोपिनी घुमाउदै हिड्छौ भने पनि

मलाई कुनै डाहा छैन

बस म त हुँ राधा जस्तै

सधै सधै कृष्णलाई प्रेम गरिरहने

हो, त्यसैले पनि म तिमिलाई प्रेम गरिरहन्छु,

 

एकपलको समागम मा नै अन्त्य किन नहोस् मेरो प्रेमको

तर म तिमिलाई प्रेम गरिरहन्छु युगौंयुगसम्म प्रीयतम !!

यमुना थापा

प्रकाशित : 27 April, 2018

प्रतिक्रिया दिनुहोस्