उत्तरका नेता दक्षिणमा: ऐतिहासिक शिखर वार्ता सुरु

सहयात्रा टिभी

बैशाख–१४,उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन र दक्षिण कोरयाली राष्ट्रपति मुन जाई इनको वार्ता सुरु भएको छ । वार्ताका लागि दुई देशको सिमा क्षेत्र पानमुनजोममा दुबै देशका प्रमुखहरु उपस्थित भइसकेका छन ।

शिखर वार्ताबाट परमाणु निःशस्त्रीकरण लगायतका विषयमा सहमतिमा पुग्ने विश्वास गरिएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन  जाई इनले वार्ता

शुरू हुनुअघि दुई देशबीचको सीमामा किमलाई स्वागत गरेका थिए । सन् १९५३ मा कोरियाली युद्धपछि दक्षिण कोरियामा पाइला टेक्ने किम उत्तर कोरियाका पहिलो नेता बनेका छन् ।

प्रकाशित : 27 April, 2018

प्रतिक्रिया दिनुहोस्