आगलागीबाट ६ लाख भन्दा बढीको क्षती

सहयात्रा टिभी

कञ्चनपुर । बैशाख–१४, कञ्चनपुरमा एक कपास उद्योगमा आगलागी हुँदा ६ लाख भन्दा बढीको क्षती भएको छ । बिहिबार राती वीरबहादुर मालीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी हुँदा उक्त क्षती भएको हो ।

आगलागीबाट तयारी अवस्थाको कपास, रजाई, गद्दालगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । आगो स्थानीय बासी र प्रहरीको सहायताबाट नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित : 27 April, 2018

प्रतिक्रिया दिनुहोस्