मेचीमा पुल बने पनि सडक नबन्दा सवारी साधन सञ्चालन बन्द

सहयात्रा टिभी

झापा । बैशाख–१४, भद्रपुरस्थित मेची नदीमाथि पुल बने पनि दुवैतर्फको सडक नबने पछि सवारी साधन सञ्चालन नहुने भएको छ । वारि २९० र पारि भारत जोड्न १५० मिटर सडक बनाएपछि मात्र पुल सञ्चालनमा आउनेछ ।

पुल सञ्चालनमा ल्याउन धेरै काम बाँकी रहेको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले बताएका छन । सडक बनाउनको लागि भारतले चासो नदिएको स्रोतले बताएको छ ।

मेची पुल बनेर वारिपारि तरकारी किन्नका लागि मात्रै जाने आउने गरेर यहाँको विकास नहुने मेयर श्रेष्ठले बताएका छन ।

सरकारका तर्फबाट यति ठूलो प्रोजेक्ट बन्यो पुल ९८ प्रतिशत बनिसकेको छ तर यहाँ सुविधासम्पन्न भन्सार व्यवस्थापन छैन, धेरै कुराको व्यवस्थापन गर्न बाँकी रहेको उनले बताए ।

प्रकाशित : 27 April, 2018

प्रतिक्रिया दिनुहोस्