केपी ओली प्रचण्ड माधव नेपाल एमाले


“बौद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी विश्व शान्तिको मुहान” भन्ने नाराका साथ लुम्बिनीमा द्धीप प्रज्वलन

सहयात्रा टिभी

कपिलवस्तु । १६ वैशाख, कपिलवस्तुस्थित बुद्धको जन्मस्थल लुम्बिनीमा “बौद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी विश्व शान्तिको मुहान” भन्ने नारा का साथ विश्व शान्तिको कामना गर्दै द्धीप प्रज्वलन गरिएको छ । २५६२ औं बौद्ध जयन्ती तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलनको अवसरमा विश्व शान्तिको कामना गर्दैै लुम्बिनीमा द्धीप प्रज्वलन गरिएको हो ।

द्धीप प्रज्वलनमा संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव कृष्णचन्द्र देवकोटा, विभिन्न देशका राजदूत र अति विशिष्ट पाहुनाहरुको सहभागिता रहेको थियो ।

“बौद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी विश्व शान्तिको मुहान” भन्ने नारालाई विश्वव्यापीकरण गर्नका लागि द्धीप प्रज्वलन तथा विविध कार्यक्रम गरि २५६२ औं बौद्ध जयन्ती तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलन गर्न लागिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

प्रकाशित : 29 April, 2018

प्रतिक्रिया दिनुहोस्