कर्णालीमा हामफाल्दा एकको मृत्यु अर्को एक जना बेपत्ता

सहयात्रा टिभी


काठमाण्डोैँ । वैशाख–१६,धामीको शक्ति देखाउने भन्दै कर्णाली नदीमा हाम फाल्दा एक जनाको मृत्यु भएको छ, भने अर्को एक जना बेपत्ता भएका छन ।

बाजुराको जगन्नाथ गाउँपालिका–१ मा धामीको शक्ती देखाउने भन्दै मानबहादुर सिंह विष्ट र जयबहादुर विष्टले कर्णाली नदीमा हाम फालेका हुन ।

६१ वर्षीय मानबहादुरको मृत्यु भएको र ५३ वर्षीय जयबहादुर बेपत्ता भएको डिएसपी अर्जुन रानाभाटले जानकारी दिएका छन ।

डिएसपीका  अनुसार बगरको छेउमा बसेर काम्दा काम्दै दुबैजना हाम फालेको त्यहाका स्थानिय बासीले बताएका छन ।

प्रकाशित : 29 April, 2018

प्रतिक्रिया दिनुहोस्