औषधि अभावमा दुर्गमका बिरामीहरु समस्यामा

सहयात्रा टिभी

बझाङ । बैशाख–१६,औषधि अभावमा दुर्गमका विरामीहरु समस्यमा परेका छन । औषधि उपलब्ध गराउन नसक्दा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन।

ज्वारो आउदा रुगाखोकी लाग्दा स्वास्थ्य चौकीमा उपचारका लागि जादा औषधि नभएको डाक्टर अहेबले एक चक्की सिटामोल छैन, किनेर लिनु भनेर लेखी दिएपछि एक चक्की सिटामोलको रु सातका दरले किनेर औषधि खाएको दहबगरका उकेश बोहराले बताएका छन ।

स्वास्थय चौकिमा आफु विरामी भएपनि चेकजाच गराउनको लागि मात्र हो । उपाचारको लगि औषधि किन्न स्वास्थ्य चौकी इञ्चार्ज र सहायकको निजी मेडिकलबाट धेरै महंगो भएको दुर्गाथली गाउँपालिका–१ करन वि .कले बताएका छन।

सरकारले ४०,प्रकारका औषधि निशुल्क दिएता पनि निशुल्क रुपमा पाइने सिटमोललाई ७ रुपया लगाएर किन्नुपर्ने उकेश बोहराले बताए ।

प्रकाशित : 29 April, 2018

प्रतिक्रिया दिनुहोस्